किलेश्वोर मन्दिर

कीलेश्वोर मन्दिर चाँगुनारायण मन्दिरको एउटा भाग हो। यो मन्दिरको नाम कसरी रह्यो भन्ने कुराहरू अध्यान गर्दा भगवान सिबजिको आज्ञाअनुसार भगवान बिष्णु गरुड सहित चाँगुनारायण छेत्रमा बस्न थाल्नुभयो तर ठ्याक्कै कुन ठाउमा बस्नु भयो भन्ने यथेष्ट प्रमाण छैन। भगवान बिष्णु लामो समय सम्म यहाँ बसिकेपछी तहाँ एकजना मुर् नाम गरेको दैत्य र भगवान बिष्णु को बिचमा ठुलो लडाँई भयोयो लडाँईमा भगवान बिष्णुले म संसारको सबै भन्दा ठुलो प्रजापति बन्नु पर्छ भन्ने इच्छा राखेर लडाँईमा सबभन्दा पहिले गरुड लाई लड्न पठाए गरुड हारेर आएसी आफु स्वयम् लड्न गए र उनि पनि हारेर आए। तेस्पछी भगवान बिष्णुले सिबजिलाई सोधे मैले यो मुर् भन्ने दैत्यलाई किन मार्न सकिन भनेर भन्दा सिबजिले भगवान विष्णुलाई केभने भने मैले यसलाई आसिर्बाद दिसकेकोछु कि तिमि र म जस्तो पुरुसबाट नमरुस भनेर यसले मबाट आसिर्बाद पाइसकेको छ तेसैले यो कुनै पुरुस बाट मर्दैन भनेर जबाफ दिए । तेसपछी मुर् भन्ने दैत्य ले के गर्यो भन्दा नागर्जुन्को डाँडो र दोलालघाटको डाँडो लाई तान्न थाल्यो पुरै हल्लाउन थाल्यो। तेसपछी सम्पूर्ण मान्छे हरु आत्तिएर अब यो उपत्तेका धोस्त हुनलाग्यो भनेर सबजना मिलेर यसलाई बचाउन पर्यो भनेर भगवान संग प्राथना गर्न थाले तेसपछी भगवान स्वयम् आफु किलास्वरुप भएर योठाउमा गाडिनुभयो रे तेसैकारणले गर्दा यो मन्दिरको नाम कीलेश्वोर रहन गयो भन्ने भनाइ छ। तेसपछी त्यो मुर् भन्ने दैत्य झन् रिसाएर त्यो पहाड लाई झन् तान्न थाल्यो रे अनि त्यो पहाड यति जोड संग हल्योरेकी डोली जसरि हल्योरे तेसैले यो पर्बत लाई डोलास्वर पर्बत,डोला पर्बत र डोलागिरि पर्बत पनि भन्ने गरियो।