आगन्तुक गाइड

चाँगुनारायण मन्दिरको निर्माण लिच्छविकालिन राजा हरिदत्त बर्माले ईसापूर्व ३२३मा बनाएको भन्ने भनाई पाइन्छ । नेपालको प्रसिद्ध तीर्थ स्थल मध्येको एक र प्राचिन पुरातात्विक शिलास्तभ समेत रहेको चाँगुनारायण मन्दिर भक्तपुर जिल्लाको चाँगुनारायण गा.वि.स.मा अवस्थित छ। भक्तपुर नगरबाट ६ कि.मी. उत्तरमा  र राजधानी काठमाडौँ देखि २० किलोमिटर  टाढा  रहेको चाँगुनारायण मन्दिर ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले मात्र नभई प्रमुख पर्यटकीय क्षेत्रको रूपमा पनि महत्वपूर्ण रहेको पाइन्छ । काठमाडौं उपत्यकामा रहेको सात विश्व सम्पदा सूची मध्ये चाँगुनारायण पनि एक हो । उपत्यकामा रहेको प्राचिन मन्दिरमा सवभन्दा पुरानो मानिने यस मन्दिरलाई सन् १९६९मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचिकृत गरिएको हो । तेलकोट भन्ज्याङ्ग-तेलकोट डाँडा-चाँगु आउने रुट उपत्यकाकै सबभन्दा राम्रो ट्रेकिङ्ग रुट मानिन्छ ।