पुजा तथा जात्रा

यस चाँगुनारायण मन्दिरमा बिशेष महत्तो राख्ने बार्षिक रुपमा विभिन्न मेला र जात्राहरु हुने गर्दछन,मेलाहरुमा बिशेष गरि नाग पंचमी ,तिज ,कृष्णाष्टमी ,पुस्पंड नबमी,हरिबोधिनीं एकादशी , पुर्णिमा आदि छन्| नाग पंचमी हिन्दुहरुको एक प्रमुख पर्ब हो  यो साउन महिनाको सुक्ल पक्षको पंचमी तिथि मा पर्ने गर्दछ र यस दिन नाग देवताको पुजा गरिन्छ| तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्। कृष्णाष्टमी भगवान विष्णुको आठौं अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाइने वार्षिक पर्व हो। कृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँछन्।

चांगुनारायण मन्दिरमा हुने मुख्य जात्राहरु जस्तै बैषाख कृष्णाष्टमी को दिन ,साउनसुक्ल  द्वावादशी र पुर्णिमा को दिन र फागु पुर्णिमा को दिन विशेष जात्रा हुने गर्दछन। बैशाख कृष्णाष्टमी को दिन चाँगुनारायण,कीलेश्वोर र छिन्नमस्ता को तिनखटको यात्रा हुन्छ र तेस्को अर्को दिन सानो कृष्ण जात्रा गरेर यो जात्रा  मनाईन्छ। साउन सुक्ल पुर्णिमाको दिन कलस यात्रा तेस्को लागि यहाँबाट भोकै पेट काठमाडौँ  हिडेर तेहा पुगीन्छ र हनुमानढोका पुगेर स्वागत तथा पुजा गरेर तेहा भीत्राउने काम हुन्छ र प्रसाद लिएर फर्किईन्छ र चाँगुनारायण मन्दिरमा पुगेर यो जात्रा समापन गरिन्छ। फागुपुर्णिमा को दिन ठुलो कृष्ण जात्रा गरिन्छ र पुजा आज गरि यो समापन गरिन्छ।